शीर्षकहरू

हिमालयन रिइन्स्योरेन्सले बाेलायाे वार्षिक साधारणसभा, यस्ता छन् एजेण्डा

हिमालयन रिइन्स्योरेन्सले बाेलायाे वार्षिक साधारणसभा, यस्ता छन् एजेण्डा

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनी लिमिटेडले चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले जेठ २३ गतेका लागि सभा बोलाएको हो । 

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सभा बिहान ११ बजेदेखि सुरु हुनेछ । वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले जेठ ११ गते बुक क्लोज गर्ने भएको छ ।

छलफलका विषयहरू:

१) सामान्य प्रस्ताव

क) संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्वारा प्रस्तुत आ.व. २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने ।

(ख) आ.व. २०८० / ०८१ को लेखा परीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणहरु उपर छलफल गरी पारित गर्ने ।

ग) लेखा परीक्षण समितिको सिफारिश बमोजिम आ.व. २०८१ / ०८२ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने ।

घ) संचालक समितिबाट प्रस्ताव भए बमोजिम हाल कायम रहेको चुक्ता पूँजी रु. १० अर्व ४० करोडको ०.२४ (निकटतम २ अंक) प्रतिशतका दरले हुन आउने रु.२४,६१,५७८.२५ (अक्षरेपी दुई करोड छयलीस लाख एकतीस हजार पाँच सय अठहतर रुपैया र पैसा पन्चानब्बे मात्र ) बराबरको नगद लाभांश (बोनस शेयरको कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने ।

विशेष प्रस्ताव

क) संचालक समितिबाट प्रस्ताव भए बमोजिम हाल कायम रहेको चुक्ता पूँजी रु. १० अर्व ४० करोडको ४.५०% का दरले हुन आउने रु.४६८,०००,०००.०० (अक्षरेपी छयालीस करोड असी लाख रुपैया मात्र) बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गर्ने ।

(ख) कम्पनीबाट आ.व. २०८०/०८१ मा सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरिएको खर्च तथा अन्य खर्च रकमको अनुमोदन गर्ने ।

ग) प्रबन्धपत्र तथा नियमावलीमा गरिएको थप तथा संशोधन र सो को अभिलेख गराउने सम्बन्धमा नियमनकारी निकायबाट कुनै फेरबदल वा परिमार्जन वा सुधारको लागि निर्देशन प्राप्त भएमा सोही बमोजिम गर्ने गराउने सम्बन्धी सम्पूर्ण अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने ।