काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले साढे १९ लाख कित्ता शेयर लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले १९ लाख ४६ हजार ६७६ कित्ता अबितरित हकप्रद शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागेको हो ।
जसअनुसार असार ७ गतेसम्म लकईन अवधि रहेको संस्थापक समूहतर्फ १२ लाख ८५ हजार ४१ कित्ता तथा सर्वसाधारण समूह तर्फको १ लाख ६५ हजार ९५६ कित्ता र लकईनमा नरहेको सर्वसाधारण समूह तर्फको ४ लाख ९५ हजार ६७९ कित्ता शेयर लिलाम बिक्री गर्न लागिएको कम्पनीले जनाएको छ ।
उक्त शेयरको न्यूनतम् मूल्य १०० रुपैयाँ रहेको छ । शेयर खरिद गर्न चाहने लगानीकर्ताले जेठ ११ गतेदेखि १९ गतेसम्म बोलपत्र पेश गर्नुपर्ने छ । बोलपत्रमा खरिद गर्न चाहेको कित्ता र प्रति कित्ता मूल्य उल्लेख गर्नुपर्ने छ ।
सानिमा क्यापिटल लिमिटेड नक्सालमा गएर बोलपत्र पेश गर्न सकिने छ । यसैगरी, सानिमा बैंकको बिराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, भरतपुर, हेटौंडा, पोखरा, बुटवल, घोराही, नेपालगन्ज, विरेन्द्रनगर, धनगढी र महेन्द्र नगरमा पेश गर्न सकिने कम्पनीले जनाएको छ । यसका सार्थ गरिमा विकास बैंकको बाग्लुङ शाखामा गएर पनि बोलपत्र पेश गर्न सकिन्छ ।