काठमाडौं । आज शुक्रबार सुनको भाउ तोलाको ३ हजार रूपैयाँले वृद्धि भएको छ । यस दिन प्रतितोला छापावाल सुनको मूल्य १ लाख ८४ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार हिजो तोलाको १ लाख ८१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको भाउ तोलामा २० रूपैयाँले बढेर १ हजार ९ सय ४५ रुपैयाँ पुगेको ।