काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले विद्युतिय सवारी (ईभी)को चार्जिङ स्टेशन विस्तारका लागि बजेट विनियोजन गर्नुपर्ने सुझाव दिएको छ । नाडाले आगामी आर्थिक वर्षको बजेटका सन्दर्भमा यस्तो सुझाव दिएको हो ।
प्रमुख राजमार्गहरुको प्रत्येक ५० किलोमिटरमा कम्तीमा एउटा सार्वजनिक चार्जिङ स्टेसन सञ्चालनका लागि बजेट विनियोजन गर्नुपर्ने नाडाको सुझाव छ । यसले गर्दा ईभीको प्रयोग बढ्ने नाडाको विश्वास छ । यसैगरी दिगो यातायातलाई सहयोग गर्न ईभी चार्जरहरुमा सरकारी लगानी आवश्यक रहेको नाडाको भनाई छ ।
यस्तै, ईभीको चार्जर आयात गर्दा लाग्ने भन्सार शुल्क खारेज गर्नुपर्ने नाडाले माग गरेको छ । हाल चार्जर आयातमा १० प्रतिशत भन्सार महसुल लाग्दै आएको छ । यसलाई खारेज गर्नुपर्ने नाडाले सुझाएको छ ।
चार्जरहरुमा भन्सार महसुल खारेज गर्दा ईभी चार्जरको लागत घट्ने, ईभीको प्रयोग बढ्ने र दियो यातायातमा टेवा पुग्ने नाडाको भनाई छ ।