काठमाडौं । पियोर इनर्जी लिमिटेडले सिडिएस एण्ड क्लियरिङ लिमिटड सिडीएसी ) विरुद्द नेपाल धितोपत्र बोर्डमा उजुरी दिएको छ । पियोर इनर्जीले ८० लाख कित्ता शेयर डिम्याट गराउन सिडिएसमा आवेदन दिएकोमा सबै शेयर डिम्याट नगरेको उल्लेख गरेको छ ।
कम्पनीले २०८१ फागुनमा १६ लाख कित्ता आईपीओ जारी गरेको थियो । सिडीएसीले आईपीओ जारी गरिएकोे १६ लाख कित्ता शेयर मात्र डिम्याट गरि बाँकि ६४ लाख कित्ता शेयर डिम्याट नगरेको उजुरीमा उल्लेख छ । कम्पनीले ८० लाख कित्ता शेयर डिम्याट गरि डिम्याट खातामा पठाउन आग्रह गरेको छ ।
साथै उजुरी किन सबै शेयर डिम्याट खातामा नपठाएको हो भन्ने बारे छानबिन गरि सिडीएसीमाथि आवश्यक कारवाही गर्न माग गरिएको छ । साथै बाँकि रहेको ६४ लाख कित्ता शेयर तुरुन्त डिम्याट गरि सम्बन्धित शेयरधनीको खातामा पठाउनको लागि निर्देशन जारी गर्न धितोपत्र बोर्ड समक्ष माग गरेको छ ।