शीर्षकहरू

पिपुल्स पावरलाई ३१ करोड ६३ लाख बराबरको हकप्रद बिक्री गर्न बोर्डको अनुमति

पिपुल्स पावरलाई ३१ करोड ६३ लाख बराबरको हकप्रद बिक्री गर्न बोर्डको अनुमति

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई  १:०.५० को अनुपातमा हाल कायम चुक्ता पुंजीको ५० प्रतिशत हकप्रद निष्काशनको अनुमति दिएको हो।

कम्पनीको हाल चुक्ता पुँजी ६३ करोड २६ लाख रुपैयाँ छ । अब कम्पनीले ३१ करोड ६३ लाख रुपैयाँको ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।  ५० प्रतिशत हकप्रद हकप्रद बिक्री पश्चात यसको चुक्ता पुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ ।

कम्पनीले हाल सञ्चालनमा रहेको ४.९६ मेगावाट क्षमताको पुवा–२ जलविद्युत आयोजनाको नियमित मर्मतसंभार गर्न, भुक्तानी बाँकी हिसाब परफारक गर्न र नयाँ आयोजनामा लगानी गर्न हकप्रद शेयर जारी गर्न लागिएको जानकारी गराएको छ । 

शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।