काठमाडौं । जि मोटर्स प्रालि स्काईवेलका विद्युतीय गाडीको आधिकारीक बितरकले ‘स्काईवेल एक्सचेन्ज अफर’ अपग्रेड टु स्काईवेल-ड्राईभ लक्जरी ईभी यसयुभी सार्वजनिक गरेको छ ।
प्री–बजेट अफरको एक बिशेष अफरको रुपमा कम्पनीले बजेटले मुल्यवेद्धि हुनु अगावै लक्जरी, प्रीमियम ईभी र रियल यसयुभिमा अपग्रेड हुने सुनौलो मौकाको रुपमा कम्पनीको नक्साल-काठमाडौं, राधेराधे–भक्तपुर, ईटहरी–सुनसरी, बिराटनगर, पोखरा र चितवनका सबै शोरुममा अफर प्राप्त हुने जनाएको छ ।
साथै उक्त अवसरमा हरेक स्काईवेल खरिदमा एक कपल्सले युरोप टुर प्राप्त गर्नुका साथै स्पेशल छुट र एक्सचेन्ज अफरमा बोनस समेत प्राप्त हुने कम्पनीले जनाएको छ । ऋण सुविधाका लागी २० डाउनपेमेन्ट दिएर फाईनान्स पनी सुविधा रहेको प्रबन्ध निर्देशक कैलाश बाबु गेलालले जानकारी दिए। एक्सचेन्ज अफर आजबाट शुरु भएर जेस्ठ ५ गते सम्म हुने उनले बताए ।
हाल नेपालमा १४० वटा भन्दा बढी स्काईवेलका इटि ५–६२० किमि प्रीमियम विुतीय यसयुभि बिक्री-बितरण भईसकेका छन भने आज बाट शुरु भएको अफरमा ७ वटा बुकिङ रहेको उनले जानकारी दिए । ईटि ५, बिई ११ मोडेलमा हाल कम्पनी सँग ६२०, ५२० र ४१० किमी रेन्ज दिने प्रीमियम यसयुभि बिक्रीका लागी उपलब्ध रहेका छन ।
नेपाली ग्राह्कले युरोपियन बजारमा अत्याधिक रुचाईएको स्काईवेलका प्रीमियम सवारीको गुणस्तर परफर्मेन्स र उच्च १५० किलोवाट पावरलाई नेपालका सबै किसिमका भू–भागमा सहजै यात्रा गर्न सकिने कम्पनीको दावी छ ।
स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनि, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्कि, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रीमियम सवारी उत्पादक कम्पनी हो ।