काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने आज जेठ ४ गते अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद प्रयोजनका लागि भोलि जेठ ५ गते बुक क्लोज गर्दै छ । अर्थात् आजसम्म कायम शेयरधनीले मात्रै उक्त हकप्रद शेयरका लागि आवेदन दिन पाउनेछन् ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई वैशाख १९ गते हकप्रद निष्काशनको अनुमति दिएको थियो। कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत हकप्रद निष्काशनको अनुमति पाएको हो। अनुमति पाएसँगै कम्पनीले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ।
शेयर निष्काशनको लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ्गलाई बिक्री प्रबन्धकको रुपमा नियुक्त गरिसकेको छ।