काठमाडौं । आज आइतबार सुनको भाउ तोलामा ६ सय रूपैयाँले घटेको छ । यस अघि शुक्रबार प्रतितोला एक लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज एक लाख ८४ हजार २ सय रुपैयाँमा झरेको छ ।
चाँदीको भाउ भने आज प्रतितोला १ हजार ९ सय ४५ रुपैयाँमा स्थिर छ ।