शीर्षकहरू

सिद्धार्थ बैंकका ग्राहकलाई होलिडे इन् रिसर्टमा १५ प्रतिशतसम्म छुट

सिद्धार्थ बैंकका ग्राहकलाई होलिडे इन् रिसर्टमा १५ प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक र होलिडे इन् रिसर्ट बुढानिलकण्ठबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ। 

सम्झौता अनुसार बैंकका ग्राहकले बुढानिलकण्ठस्थित होलिडे इन् रिसर्ट काठमाडौंमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र सफ्ट बेभरेजमा १५% सम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल भुक्तानीको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने क्रममा केहि समय अघि मात्रै ‘सिद्धार्थ रिवार्डस’ नामक लोयल्टी सेवा पनि सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।