भैरहवा । रुपन्देहीको शुुद्धोधन गाउँपालिकामा अवैध रुपमा नदी उत्खनन् कार्य भइरहेको छ । प्रमुख प्रशासकीय अधिकृत तथा गाउँ कार्य पालिकाको सदस्य सचिव लेखबहादुर बस्नेत पालिकामा हाजिर भए लगत्तै नदीमा अवैध कार्य सुरु भएको हो ।
बुटवल गोरुसिङ्गे चन्द्रौटा सडक आयोजनाका नाममा नदीजन्य पदार्थको अवैध उत्खनन् भएको हो । पालिकाको वडा नं १ र २ को सिमा क्षेत्र दानव नदीको सिकरा घाटबाट मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन् भइरहेको छ । स्थानीयले अवैध कार्यको विरोध गर्दा गर्दै प्रहरी प्रशासनको रोहवरमा नै अवैध काम भइरहेको छ ।
सडक आयोजनाले गत बैशाख ४ गते नदीजन्य पदार्थको माग गरेको छ । पालिकाले २०८१ चैत २५ गतेको निर्णय अनुसार भन्दै नदी उत्खनन् गर्न दिएको छ । एससिइजीसि एएनएस जेभी भरतपुर १० चितवन मार्फत नदीजन्य पदार्थ माग भएको छ । उक्त आयोजनाले गत बैशाख ४ गते सामग्री माग गरेको हो । राजश्व दाखिला भने ६ दिन अगाडि चैत २९ गते भएको छ । माग गरेको अनुमति दिएको प्रमुख प्रशासकीय अधिृत बस्नेतले हस्ताक्षर गरेको पत्रमा उल्लेख छ ।
सिकरा घाटबाट नदीजन्य पदार्थ निकाल्नको लागि १.१० मिटर गहिराइ खन्नको लागि अनुमति दिएको छ । तर उत्खनन् गरेको ठाउँमा ८ फिट भन्दा बढी गहिरो खाडलहरु देख्न सकिन्छ । सामाजिक विकासका काम गर्दा समेत इन्जिनियरिङ् भ्यालुएसन माग्ने प्रमुख प्रशासकीय अधिकृत लेखबहादुर बस्नेतले नदीमा ८ मिटर गहिराइ सम्म खाडल बनाएर उत्खनन् हुँदा समेत हेर्न गएका छैनन् । स्थानीयले पालिका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय र वडा अध्यक्ष अनुुगमन गर्न समेत नआउनुु आर्थिक प्रलोभन भएको आरोप लगाएका छन् ।
स्थानीय विजय लोधले तटबन्ध लगाएको ठाउँमा उत्खनन गर्दा पालिकाका प्रतिनिधीहरुले बेवास्ता गरेको बताए । उनले नदी बचाउन स्थानीयहरु लागे पनि पालिकाका प्रमुखहरुले सुनुवाइ नगरेको बताए ।
स्थानीय टिका परियारले नदीले हरेक वर्ष कटान गर्दा जग्गा नदीमा परेको बताउँदै गरिखाने जग्गा सकिएको बताइन् । उनले नदीले जग्गा खाइदिँदा बस्ति नै अन्यत्र सार्नु परेको दुखेसो गरिन् । स्थानीय सरकारले नदी कटान रोक्नुको सट्टा उत्खनन गराउने गरेको बताइन् ।
दुुई पटक पालिकामा डेलिकेसन गर्न जाँदा समेत पालिकाले सुनुवाइ नगरेको स्थानीय राजुु गुुप्ताले बताए । शसस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेर पालिकाले अवैध रुपमा नदी जन्यपदार्थ उत्खनन् गरेको बताए ।
नेताहरु भोट माग्ने बेलामा समस्या के छ रु के गर्नु पर्छ भनेर आउने गरेको तर नदीमा अवैध धन्दा भइरहेको छ भनेर स्थानीयले खबर गर्दा बेवास्ता गरेको स्थानीय पूर्ण बहादुर थापाले बताए ।
शुुद्धोधन गाउँपालिका रुपन्देहीमा यस्तो उत्खनन्को अभ्यास नौलो होइन । नदीजन्य पदार्थ र माटो उत्खनन्मा सधै अवैध कार्य हुँदै आएको छ । आफैले कार्यादेश दिएको ठाउँमा अवैध कार्य भइरहेको स्थानीयले जानकारी दिँदा समेत हेर्न समेत नजानु प्रमुख प्रशासकीय बस्नेतको लाचारीपन देखिएको छ ।