काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरमा प्रा।डा विश्वनाथ पौडेललाई नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नरमा प्रा।डा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो ।
सिफारिस समितिले मंगलबार नै ३ जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो । पौडेलसहित कायम मुकायम गभर्नर निलम ढुंगाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस भएको थियो ।
सिफारिस भएका तीन नाममध्ये पहिलो नम्बरमा रहेका पौडेललाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गरेको हो ।