काठमाडौं। बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ परेका छन । पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका-४ इमाडोल बस्ने धनुषा घर भएका ४० वर्षीय विप्लवकुमार कर्ण र काठमाडौं महानगरपालिका-३१ बस्ने रामेछाप घर भएका २७ वर्षीय सुजन घिसिङ तामाङ रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट उक्त मुद्दामा पक्राउ पुर्जी जारी भई फरार रहेका विपलवलाई ललितपुर इमाडोलबाट र सोही मुद्दामा फरार रहेका सुजनलाई काठमाडौं जोरपाटीबाट पक्राउ गरेको हो ।
पक्राउ मध्ये विपलवलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको छ भने सुजनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको प्रहरी वृत्त महाराजगंज पठाइएको छ ।