काठमाडौं । एभरेष्ट कलर लिमिटेडले साधारण शेयर(आइपीओ) जारी गर्ने भएको छ । आज सम्पन्न बिशेष बार्षिक साधारणसभाले आइपीओ जारी गर्ने निर्णय पास गरेको हो । कौशलटार, भक्तपुर स्थित केन्द्रिय कार्यालयमा सम्पन्न विशेष साधारण सभाले जारी पुँजी वृद्धि गरी ३० करोड रुपैयाँ र सो पुँजीको २६.३३ प्रतिशत ७,९०,००० कित्ता शेयर १०० रुपैयाँका दरले सर्वसाधारणलाई आईपीओ निश्कासन गर्ने प्रस्ताव पारित गरेको छ ।
आज सम्पन्न विशेष साधारणसभाले आईपीओको प्रतिकित्ता मूल्य संशोधन गरी पुँजी बृद्धि गर्ने निर्णय गरेको हो । त्यसै गरी सभाले स्वतन्त्र संचालकमा कपिल देव महत्तोलाई नियुक्त गरेको छ । कम्पनीको संचालक समीतीका अध्यक्ष महेश्वर खनालको अध्यक्षतामा बसेको विशेष साधारण सभाले संचालक समीतीले प्रस्ताव गरेका अन्य सामान्य तथा विशेष प्रस्तावहरु पारीत गरेको छ ।