शीर्षकहरू

बीमामा शंकास्पद कारोबार २५० प्रतिशतले बढ्यो, अन्य क्षेत्रको अवस्था कस्तो ?

बीमामा शंकास्पद कारोबार २५० प्रतिशतले बढ्यो, अन्य क्षेत्रको अवस्था कस्तो ?

काठमाडौं । बीमा क्षेत्रमा शंकास्पद कारोबार तथा गतिविधि ह्वात्तै बढेको छ । वित्तीय जानकारी इकाइका अनुसार शंकास्पद कारोबार वृद्धि हुने क्षेत्रमध्ये सहकारी र बीमा क्षेत्र अग्रस्थानमा रहेका छन् । 

इकाइका अनुसार सन २०२३ को तुलनामा २०२४ मा शंकास्पद कारोबार तथा गतिविधि ४९ प्रतिशतले वृद्धि भएको छ । जसमध्ये निर्जीवन बीमा क्षेत्रमा यस्तो गतिविधि २५० प्रतिशतले वृद्धि भएको छ । २०२३ मा निर्जीवन क्षेत्रबाट २ वटा शकास्पद गतिविधि भएको रिपोर्टीङ एफआईयूले प्राप्त गरेको थियो । २०२४ मा ७ वटा गतिविधिहरु प्राप्त गरेको जनाइएको छ । 

सहकारी क्षेत्रमा ५०० गुणाले शंकास्पद गतिविधि वृद्धि भएको एफआईयूले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदन अनुसार सहकारी क्षेत्रबाट २०२३ मा २ वटा शंकास्पद गतिविधि प्राप्त भएकोमा २०२४ मा १२ वटा गतिविधि प्राप्त भएको छ । यसैगरी, २०२३ मा जीवन बीमा २६ वटा यस प्रकारको कारोबार भेटिएकामा २०२४ मा ८२ वटा कारोबार भेटिएको छ । 

सबैभन्दा धेरै वाणिज्य बैंकबाट यस्तो कारोबारको रिपोर्टिङ प्राप्त भएको छ । वाणिज्य बैंकबाट ७ हजार ७१३ वटा शंकास्पद कारोबार भएको छ । २०२३ मा वाणिज्य बैंकबाट ५ हजार २८२ वटा कारोबार भएको थियो । 

कुन क्षेत्रमा शंकास्पद कारोबार कति ? 

null

एफआईयूले ८९५ वटा शंकास्पद कारोबारको फाइल थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई दिएको छ । यसैगरी, राजस्व अनुसन्धान विभागलाई ११५ वटा फाइल पठाउँदा नेपाल राष्ट्र बैंकलाई ६९ वटा फाइल पठाएको छ । 

सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागलाई ५३ वटा, आन्तरिक राजस्व विभागलाई ३६ वटा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई १७ वटा, नेपाल धितो पत्र बोर्डलाई ३, सहकारी विभागलाई एक वटा कारोबारको फाइल पठाएको छ । 

null

यसरी वितरण गरिएकोमा ६२६ वटा कारोबार बैंक तथा वित्तीय संस्था सम्बन्धी छन् । चिट्ठा, जुवा र दान सम्बन्धी शंकास्पद गतिविधिको ३०० वटा फाइल र सम्पत्ति शुद्धीकरण सम्बन्धी ५४ वटा फाइल अनुसन्धानका लागि एफआईयूले पठाएको छ ।

यसैगरी, कर सम्बन्धी ४३, धोका धडी सम्बन्धी ३५, भष्ट्राचार र घुस खोरी सम्बन्धी १५, हत्या हिंसाबाट गरेको कारोबारको ९ वटा, तस्करी तथा लुटपाटबाट १३, आतंक वाद सम्बन्धी ३ र आप्रवास सम्बन्धी ३ वटा कारोबार अनुसन्धानका लागि पठाइएको एफआईयूले जनाएको छ । 

null