शीर्षकहरू

शिखर इन्स्योरेन्सले पायो एए माइनस रेटिङ

शिखर इन्स्योरेन्सले पायो एए माइनस रेटिङ

काठमाडौं । शिखर इन्स्योरेन्सले इक्रा नेपालबाट एए माइनसको रेटिङ प्राप्त गरेको छ ।  नेपाल सरकारको लगानी तथा बैदेशिक लगानी रहेको कम्पनीहरु बाहेकका कम्पनीहरु मध्ये एए माइनस रेटिङ वा सो भन्दा उच्च क्रेडिट रेटिङ प्राप्त गर्ने एक्लो कम्पनी बनेको  कम्पनीको दावी छ ।

 नेपालमा सरकारको स्वमित्व रहेको दुइ वटा निकाय र बैदेशिक लगानी रहेको तीन वटा बैंकहरुले मात्र एए माइनस  वा सो भन्दा उच्च स्तरको रेटिङ प्राप्त गरेको छ । 

शिखर इन्स्योरेन्सले महाविपत्ति पुनर्बीमा तथा उत्कृष्ट पुनर्बीमा तथा जोखिम व्यवस्थापन, नेपालको बीमा क्षेत्रमध्यकै सबै भन्दा अधिक रकम तथा सबैभन्दा अधिक मात्राको महाविपत्ति पुनर्बीमा व्यवस्था गरेको कम्पनी भएको कम्पनीको दावी छ । ह्याओभर रि  तथा स्वीस रिको साथ पाएर भुकम्प तथा बाढी लगायतका बीमा दाबीको दाबी द्रुत गतीमा भुक्तानी गर्न सफल भएको कम्पनीको भनाइ  छ । 

त्यस्तै, विगतमा समेत भुकम्प बाढी तथा पहिरो तथा हुलदंगाको दाबी भुक्तनी दु्रत गतिमा भुक्तानी गरी नेपालको निर्जिवन बीमा क्षेत्रमा उत्कृष्ट बीमा कम्पनीका रुपमा आफूलाई प्रमाणित गर्दै आएको छ  । साथै, शिखर इन्स्योेरेन्स आइएसओ २७००१ इन्फरमेसन सेक्युरिटी म्यानेजमेन्ट सिस्टमकोे अन्तराष्ट्रिय गुणस्तरको प्रमाणपत्र प्राप्त गर्ने पहिलो र एक्लो निर्जिवन बीमा कम्पनीका रुपमा समेत रहेको छ । त्यस्तै, जोखिममा आधारित पँुजी सम्बन्धि व्यवस्थाहरु अनुसार समेत ३.६७ को उत्कृष्ट सोल्भेन्सी अनुपात रहेको कम्पनी हो ।