काठमाडौं । नेपाल सरकारद्वारा दक्षिण कोरियाको शैक्षिक गन्तव्यसम्बन्धी NOC (No Objection Certificate) रोक्ने निर्णयका विरुद्ध विद्यार्थीले विरोध गरेका छन् । हजारौं नेपाली विद्यार्थीको भविष्य अन्योलमा परेको भन्दै विरोधमा उत्रेका हुन।
विद्यार्थीहरूले जेठ १२ गतेदेखि NOC पुनः नखुलुन्जेलसम्म प्रत्येक दिन सानोठिमी, भक्तपुरस्थित NOC कार्यालय अगाडि दिनको ११ बजे बाट शान्तिपूर्ण दबाव कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेका छन ।