शीर्षकहरू

दक्षिण कोरियाको एनओसी रोकिएको विषयमा भक्तपुरमा आन्दोलन

दक्षिण कोरियाको एनओसी रोकिएको विषयमा भक्तपुरमा आन्दोलन

भक्तपुर  । दक्षिण कोरियाको डी २ (शैक्षिक) र डी ४ (भाषा अध्ययन) भिषामा अध्ययन गर्न चाहने विद्यार्थीहरूले सानोठिमीस्थित कार्यालय अगाडि नारावाजी गरेका छन्। उनीहरूले हाल केही दिनदेखि रोकिएको एनओसी प्रक्रियालाई तुरुन्त सञ्चालन गर्न माग गरेका हुन्। 

विद्यार्थीहरूले प्लेकार्ड र ब्यानरका साथ आफ्ना माग शान्तिपूर्ण रूपमा राख्दै, सरकारसमक्ष आफ्नो भविष्य सुनिश्चित गरिदिनु पर्ने आग्रह गरेका थिए। यसैबीच यहि विषयमा सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ । उक्त मुद्दाको अन्तरिम आदेश जारी समेत जारी भएको विद्यार्थीहरुले जनाएका छन् ।