काठमाडौं । बुढ्यौलीमा एक्लिने नेपालीको संख्या बढ्दै गएको छ । नेपालमा भएका ज्येष्ठ नागरिकमध्ये एक लाख ३२ हजार १८१ जना एक्लै बस्ने गरेको पाइएको छ । यो संख्या नेपालमा भएका ६० वर्ष वा सोभन्दा माथिको जन संख्याको ४ं.४ प्रतिशत हो । केन्द्रीय तथ्यांक कार्यालय गरेको अध्ययनले छोराछोरीसँग बस्ने प्रवृत्ति घट्दै गएको देखाएको छ । यो प्रवृत्ति शहरी क्षेत्रमा झनै बढी छ ।
कार्यालयका अनुसार श्रीमान वा श्रीमतीसँग बस्ने ज्येष्ठ नागरिकको संख्या चार लाख २६ हजार २७१ ५ छ । यो संख्या कुल ज्येष्ठ नागरिकको संख्यामध्ये १४.३ प्रतिशत हो । ४१.८ प्रतिशत श्रीमान/श्रीमान् र छोराछोरीसँग बस्छन् । ७.६ प्रतिशत श्रीमान÷श्रीमान् र अन्यसँग बस्छन् । २४.१ प्रतिशत छोराछोरीसँग बस्छन् । परिवारका अन्य सदस्यसँग बस्नेको संख्या ५.८ प्रतिशत छ । अन्य नातेदारसँग बस्नेको संख्या १.७ छ । २०७८ सालको जनगणना अनुसार नेपालमा ६० वर्ष वा सोभन्दा माथिको उमेरको २९ लाख ७७ हजार ३१८ छ ।
एक्लै बस्नेमा महिलाको संख्या बढी छ । एक्लै बस्ने ज्येष्ठ नागरिकमध्ये ५.८ प्रतिशत महिला छन् भने २.३ प्रतिशत पुरुष छ । श्रीमान्÷श्रीमती र परिवारसँग बस्ने पुरुष ५३.४ प्रतिशत छन् भन् महिला २९.२ प्रतिशत छन् । छोराछोरीसँग बस्ने महिला ३६.७ प्रतिशत छन् भन पुरुष १५.६ प्रतिशत छन् ।
बुढ्यौलीमा एक्लिने प्रवृत्ति शहरी क्षेत्रमा बढी छ । कार्यालयका अनुसार एक्लै बस्ने ज्येष्ठ नागरिक गण्डकी प्रदेशमा बढी छन् । तथ्यांक अनुसार गण्डकी प्रदेशमा एक्लै बस्ने ज्येष्ठ नागरिक ६.८ प्रतिशत छन् । बागमती प्रदेशमा ५.३ प्रतिशत छन् भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा ४.८ प्रतिशत छन् ।
आप्रवासी ज्येष्ठ नागरिकको संख्या ११ लाख ५७ हजार ३२७ छ । यो संख्या कुल संख्याको ३८ं.८ प्रतिशत छ । जसमध्ये महिलाको हिस्सा ४८ंं.६ प्रतिशत छ भने पुरुषको हिस्सा २८ं.५ प्रतिशत छ । आप्रवासनको मुख्य कारण भने विवाह भएको तथ्यांकले देखाएको छ । ३७ प्रतिशत ज्येष्ठ नागरिक विवाहका कारण आफ्नो जन्मथलो छोडेर अन्यत्र गएका छन् ।
करिब एक तिहाइ (२९.४%) वृद्धहरू कम्तीमा ६ महिना काम गरिरहेका छन् । ११.४ प्रतिशत तीनदेखि छ महिना, र १०.८ प्रतिशत तीन महिनाभन्दा कम अवधिका लागि काम गरिरहेका छन् । धेरैजसो वृद्धहरू अझै पनि कृषि क्षेत्रमा संलग्न छन् । यो अवस्था पेन्सन र सामाजिक सुरक्षा प्रणाली पर्याप्त नहुनुका कारण भएको हुन सक्ने अध्ययनमा उल्लेख छ । उनीहरू स्वास्थ्यसम्बन्धी चुनौतीहरू (जस्तैः अपांगता र विभिन्न रोगहरू) का कारण थप जोखिममा छन् ।
२०७८ सालको जनगणना अनुसार ६.९ प्रतिशत वृद्धहरू कुनै न कुनै किसिमको अपांगताबाट गुज्रिरहेका छन् । अधिकांशमा शारीरिक अशक्तता, आँखा नदेख्ने, कान नसुन्ने, मानसिक समस्या आदि देखिएको छ । वृद्ध व्यक्तिहरूको मृत्युको मुख्य कारणहरूमा ५३.४ प्रतिशत गैर–संक्रामक रोगहरू, १०.५ प्रतिशत संक्रामक रोगहरू र २६.७ प्रतिशत अन्य कारणहरू रहेको अध्ययनमा उल्लेख छ ।
नेपालमा ६० वर्ष र सोभन्दा माथिका व्यक्तिको संख्या पछिल्लो दशकमा ३८ प्रतिशतले वृद्धि भई कुल जनसंख्याको १०.२ प्रतिशत पुगेको छ । यो दर आगामी दिनहरूमा अझ बढ्ने अनुमान गरिएको छ । जन्मदरमा आएको कमी, वैदेशिक रोजगारी, बालबालिकाको जनसङ्ख्या घट्नु यसको मुख्य कारण रहेको अध्ययनले देखाएको छ । त्यसैगरी काम गर्ने उमेर समूहको जनसङ्ख्या पनि घट्दै गएको छ जसले आश्रित जनसङ्ख्याको अनुपातलाई अझै वृद्धि गरेको छ ।
६० वर्ष र माथिका वृद्धको संख्या र अनुपात प्रत्येक जनगणनामा बढ्दो छ । यो प्रवृत्ति भविष्यमा पनि जारी रहनेछ । त्यसैले, उमेर अनुसारको शहरी संरचना विकास गर्ने नीति ल्याउनु आवश्यक रहेको अध्ययनले जनाएको छ ।
समुदाय–आधारित हेरचाह प्रणाली, समुदाय स्तरमा काम गर्न सक्ने मध्यम स्तरका स्वास्थ्यकर्मी उत्पादनमा जोड, लडेर लाग्ने चोटहरूबाट जोगिने सचेतना मूलक कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक रहेको अध्ययनको निष्कर्ष छ । ‘ग्रामीण क्षेत्रमा वृद्धहरू एक्लै वा पति/पत्नी मात्र सँग बस्ने प्रवृत्ति शहरी क्षेत्रको तुलनामा बढी देखिन्छ । यसले सामाजिक एक्लोपन र असुरक्षाको अवस्था सिर्जना गर्छ । यी समस्यालाई सम्बोधन गर्ने नीति तथा कार्यक्रमहरू आवश्यक छन्,’ अध्ययनमा उल्लेख छ ।