शीर्षकहरू

१० महिनामा साढे २३ लाख वटा निर्जीवन बीमा पोलिसि जारी, कुन कम्पनीबाट कति ?

१० महिनामा साढे २३ लाख वटा निर्जीवन बीमा पोलिसि जारी, कुन कम्पनीबाट कति ?

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा निर्जीवन बीमा कम्पनीले साढे २३ लाख भन्दा धेरै बीमा पोलिसि जारी गरेका छन् । सञ्चालनमा रहेका १४ वटा निर्जीवन कम्पनीहरुले वैशाख मसान्तसम्म २३ लाख ५८ हजार ५११ वटा बीमा पोलिसि बिक्री गरेका हुन् । 

यसरी बीमा पोलिसि धेरै बिक्री गर्नेमा शिखर इन्स्योरेन्स अगाडी रहेको छ । शिखरले २ लाख ४९ हजार ६६५ वटा पोलिसि बिक्री गर्दा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ लाख ५१ हजार ६४९, नेको इन्स्योरेन्सले २ लाख ४२ हजार ४६३, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ लाख ३३ हजार ३८५, हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ लाख २८ हजार ८८३ वटा बीमा पोलिसि बिक्री गरेका हुन् । 

null

कुन पोर्टफोलियोको कति पोलिसि बिक्री ?

पोर्टफोलियोको आधारमा सबैभन्दा धेरै मोटर बीमाको पोलिसि जारी भएको छ । मोटर बीमा अन्तर्गत १३ लाख २१ हजार ८५४ वटा पोलिसि जारी हुँदा सम्पत्ति बीमा अन्तर्गत ४ लाख ९२०, सामून्द्रिक तर्फ ३ लाख ३३ हजार ३२७ वटा, लघु तर्फ ३ लाख १९ हजार ६५९ वटा र १ लाख ४१ हजार वटा विविध तर्फको पोलिसि जारी भएको छ ।

यसैगरी, कृषि तर्फ १ लाख २२ हजार वटा, इन्जिनियरिङ तथा निर्माण तर्फ २७ हजार ११६ र हवाई तर्फ १०४ वटा बीमा पोलिसि जारी भएको छ ।