काठमाडौं । सरकारले पोखरा र गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उठान सञ्चालन गर्ने हवाई कम्पनीहरूलाई सहुलियत दिने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।
उनका अनुसार अन्तराष्ट्रिय उडान गर्ने नेपाली हवाई कम्पनीहरूलाई पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट अन्तराष्ट्रिय फ्लाईट गर्न प्रोत्सान गरिने छ । प्रोत्साहन स्वरूप कम्पनीहरूलाई आवश्यक सहुलियत दिने अर्थमन्त्री पौडेलले बताए ।