काठमाडौं । झापा जिल्लाको दमकमा सबै प्रकारका खेल प्रतियोगिता सञ्चालन गर्न मिल्ने खालको अन्तराष्ट्रिय स्तरको आधुनिक रंगशाला निर्माण गरिने भएको छ । आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।
यसैगरी, खेल पर्यटनको प्रवर्द्धनका लागि सोलुखुम्बु, मुस्ताङ र जुम्ला हाई अल्टीच्यूट स्पोर्ट्स स्टेडियम निर्माण गरिने पनि उनले बताए ।