काठमाडौं । सरकारले नियो बैंक स्थापना गर्ने घोषणा गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत आगामी आवमै नियो बैंक स्थापना गर्ने घोषणा गरेका हुन । नियो बैंक भनेको पूर्ण रूपमा डिजिटल प्लेटफर्ममा आधारित बैंक हो । यसका कुनै भौतिक शाखाहरू हुँदैनन् । यस्ता बैंकहरूले परम्परागत बैंकहरू (बाणिज्य बैंक, विकास बैंक) जस्तै वित्तीय सेवाहरू प्रदान गर्छन ।
तर यिनीहरुले दिने सुविधा मोबाइल एप र वेबसाइटमार्फत हुन्छन् । यसको लाइसेन्सको प्रक्रिया र राष्ट्र मार्फत गरिने नियमका कारण नेपाल राष्ट्र बैंकमा गभर्नर नियुक्त लामो समयसम्म अल्झियो ।