शीर्षकहरू

बैकर्स संघ र आइएमएफ मिशन टोलबीच कर्जा सुस्ततादेखि पुँजीगत खर्चसम्मका बिषयमा छलफल

बैकर्स संघ र आइएमएफ मिशन टोलबीच कर्जा सुस्ततादेखि पुँजीगत खर्चसम्मका बिषयमा छलफल

काठमाडौं । नेपाल बैंकर्स संघ र अन्तर्राष्ट्रिय मुद्रा कोष का मिशन प्रमुख डा. सरवत जहाँको नेतृत्वमा आएको टोलीबीच कर्जाको विस्तारमा देखिएको सुस्ततादेखि  आर्थिक गतिशीलता बढाउन सरकारको पुँजीगत खर्चसम्मको छलफल भएको छ । 

आएफएफको टोली नेपालमा विस्तारित ऋण सुविधा (ईसीएफ) अन्तर्गत छैटौं समीक्षा भ्रमणका क्रममा आएको हो । छलफलमा नेपालको वर्तमान आर्थिक अवस्था, वित्तीय क्षेत्रको प्रवृत्ति, आर्थिक वृद्धिको सम्भावना, कर्जा पोर्टफोलियोको समीक्षादेखि लिएर नियामकीय परिवर्तन, चुनौतीहरू लगायतका विषयमा कुराकानी भएको थियो ।

बैठकका क्रममा बैंकर्स संघका उपाध्यक्ष सुरेन्द्रराज रेग्मी, कार्यकारिणी सल्लाहकार अशोक एस.जे.बी. राणा र प्रमुख कार्यकारी अधिकृत अनिल शर्मा सहभागी थिए। नेपाल बैंकर्स संघले नेपालको समग्र आर्थिक परिवेशको विस्तृत विश्लेषण प्रस्तुत गरेको जनाइएको छ ।

छलफलका प्रमुख बुँदाहरूमा कर्जाको विस्तारमा देखिएको स्थायी सुस्तता, ऋणको ब्याजदरमा भएको गिरावट सहित, उद्यमशीलतामा देखिएको न्यून आत्मविश्वास, आर्थिक गतिशीलता बढाउन सरकारको पुँजीगत खर्च बिधी र हस्तक्षेपको आवश्यकता, वित्तीय क्षेत्रको विस्तारका सम्भावना लगायतका विषय समेटिएका थिए। 

सो छलफलमा आइएमएफले नेपालको आर्थिक क्षेत्रमा क्रमशः सुधारको संकेत देखिन थालेको र बैंकिङ क्षेत्र आर्थिक पुनरुत्थानमा तयार तथा सक्षम रहेको विषयमा आशा व्यक्त गरिएको नेपाल बैकर्स संघले जनाएको छ । सो छलफलमा नेपालका लागिका आवासीय प्रतिनिधि प्रणव गुप्तासहितका अन्य अधिकारीहरुको पनि उपस्थिति रहेको थियो।