काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को फागुन महिनासम्ममा डिम्याट खाता (हितग्राही खाता) को संख्या ६५ लाख ५१ हजार पुगेको छ । यो संख्या नेपालको जनसंख्याका २२ं.४४ प्रतिशत हो । गत २०८१ साल असारसम्ममा ५८ लाख २३ हजार डिम्याट खाता खोलिएको थियो ।
अर्थमन्त्रालयका अनुसार गत आव २०७९/८० सम्ममा ५८ लाख २३ हजार डिम्याट खाता खोलिएको थियो । आव २०७८/७९ मा भने ५३ लाख ४६ हजार, आव २०७७/७८ मा ३७ लाख ८९ हजार खाता खोलिएको थियो भने आव २०७६/७७ मा १७ लाख ५३ हजार डिम्याट खाता खोलिएको थियो ।
चालु आवको फागुनसम्ममा मेरो शेयर प्रयोगकर्ताको संख्या ५५ लाख ९१ हजार पुगेको छ । यो कुल जनसंख्याको करिब १९.१५ प्रतिशत हो । गत आवसम्ममा भने मेरो शेयर प्रयोगकर्ताको संख्या ५३ लाख ६९ हजार पुगेको थियो । आव २०७९/८० मा ४८ लाख २६ हजार प्रयोगकर्ता थिए । आव २०७८/७९ मा ४३ लाख ९५ हजार, आव २०७७/७८ मा २८ लाख ५५ हजार मेरो शेयर प्रयोगकर्ता थिए भने आव २०७६/७७ मा ७ लाख ४२ हजार प्रयोगकर्ता भएको तथ्यांकमा उल्लेख छ ।
यस्तै, चालु आवको फागुनसम्म केन्द्रीय निक्षेप कम्पनी (सिडिएससी) मा अभौतिकृत धितोपत्रको संख्या १२ अर्ब ८६ करोड ५० लाख पुगेको छ । सिडिएससीमा धितोपत्रको अभौतिकृत गर्ने दर्ता कम्पनीको संख्या २५४ पुगेको छ । त्यसैगरी, निक्षेप सेवा प्रदान गर्न चालु आर्थिक वर्षको फागुनसम्ममा सिडिएससीको सदस्यता प्राप्त गर्ने निक्षेप सदस्यको संख्या ११९ पुगेको छ ।
धितोपत्रको दोस्रो बजारमा अनलाईन कारोबारका लागि लगईन लिने लगानीको संख्या बढेको छ । चालु आवको फागनुसम्ममा अनलाइन लगइन लिनको संख्या २५ लाख ४९ हजार ६ सय ९६ पुगेको छ ।
चालु आवमा धितोपत्र कारोबार १४ खर्ब ५५ अर्ब, पुँजीकरणमा २६.२८ प्रतिशत घट्यो
काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्रको प्राथमिक बजार मार्फत २४ अर्ब ९२ करोड बराबरको पुँजी परिचालन भएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.२८ प्रतिशतले न्यून हो । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो परिचालन ३३ अर्ब ८० करोड रहेको थियो ।
अर्थ मन्त्रालयको तथ्यांक अनुसार भने आव २०८०/८१ मा ६२ अर्ब ९३ करोड रुपैयाँ बराबरको पूँजी परिचालन भएको थियो । आव २०७९/८० मा ९७ अर्ब ७० करोड परिचालन भएको थियो । आव २०७८/७९ मा ५० अर्ब ६४ करोड, आव २०७७/७८ मा एक अर्ब ८ अर्ब ७४ करोड, आव २०७६/७७ मा ३३ अर्ब ६५ करोड, आव २०७५/७६ मा ४९ अर्ब ७६ करोड, आव २०७४/७५ मा ५३ अर्ब ३० करोड, आव २०७३/७४ मा ५९ अर्ब ३९ करोड, आव २०७२/७३ मा १९ अर्ब र आव २०७१÷७२ मा १४ अर्ब ४४ करोड पूँजी परिचालन भएको थियो ।
त्यस्तै, आव २०८१/८२ को फागुनसम्म साधारण शेयरको प्राथमिक निष्काशन मार्फत १ अर्ब २ करोड, हकप्रद शेयर निष्काशन मार्फत ९ अर्ब ३० करोड, थप शेयर निष्काशन मार्फत ११ करोड ऋणपत्र मार्फत ३ अर्ब ३० करोड र म्युचुअल फण्ड मार्फत ११ अर्ब २० करोड रुपैयाँ पुँजी परिचालन भएको छ ।
२०८१ फागुनसम्म वैकल्पिक लगानी कोषको कोष व्यवस्थापन गर्न अनुमति पाउने संस्था १३ पुगेको छ । साथै, स्वीकृत कोष व्यवस्थापकले विभिन्न योजना मार्फत यस आर्थिक वर्षको फागुनसम्म कुल २ अर्ब ५० करोडको योजनासहित हालसम्म ३३ अर्ब रुपैयाँ पुँजी परिचालन गरेका छन् ।
चालु आवको फागुनसम्म १४ अर्ब ५५ करोड रकम बराबरको बोनस शेयर धितोपत्र बोर्डमा सूचीकृत भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १४ अर्ब ९५ करोड रकम बराबरको बोनस शेयर सूचीकृत भएको थियो ।
चालु आवको फागुनसम्ममा १४ खर्ब ५५ अर्ब बराबरको धितोपत्र कारोबार
चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा १४ खर्ब ५५ अर्ब ८६ करोड बराबर रकमको धितोपत्र कारोबार भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४ खर्ब १५ अर्ब ७८ करोड बराबर रकमको धितोपत्र कारोबार भएको थियो ।
चालु आवको फागुनसम्म १४७ दिनको कारोबारमा औसत दैनिक कारोबार रकम ९ अर्ब ९० करोड कायम भएको छ । गत आवको सोही अवधिमा यस्तो कारोबार रकम २ अर्ब ७७ करोड रहेको थियो । चालु आवको फागुनसम्म कारोबार भएका धितोपत्रको संख्या १५९.२ प्रतिशत र कारोबार संख्या ५८.७ प्रतिशतले वृद्धि भएको छ ।
२०८० साल फागुनसम्म धितोपत्र बजारको कुल बजार पुँजीकरण ३३ खर्ब १४ अर्ब रहेकोमा २०८१ फागुनमसान्तमा ३७.१ प्रतिशतले वृद्धि भई ४५ खर्ब ४३ अर्ब पुगेको छ । कुल बजार पुँजीकरणमा वित्तीय क्षेत्रको हिस्सा र सबैभन्दा बढी ५३.२१ प्रतिशत, जलविद्युत कम्पनीको हिस्सा १५.६८ प्रतिशत र लगानी कम्पनीको हिस्सा ७.६० प्रतिशत रहेको छ । त्यसैगरी उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४४ प्रतिशत, होटेल तथा पर्यटन संस्थाको हिस्सा २६३ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ५.०७ प्रतिशत तथा अन्य समूहको कम्पनीको हिस्सा १०.३६ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको फागुनसम्म गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी नेप्सेमा सूचीकृत भएपछि नेप्सेमा सूचीकृत कम्पनीको संख्या २६८ पुगेको छ । २०८१ फागुनसम्म नेपाल स्टक एक्सचेन्जमा सूचीकृत शेयरको चुक्ता मूल्य ८ खर्ब ५७ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । २०८० फागुनसम्म यस्तो मूल्य ८ खर्ब १० अर्ब ४१ करोड रुपैयाँ रहेको थियो ।
चालु आवको फागुनसम्म ७५ लाख कित्ता प्राथमिक निष्कासन, २५ करोड कित्ता सामुहिक लगानी कोषका इकाई, ५ करोड ६२ लाख ४६ हजार कित्ता हकप्रद शेयर नेप्सेमा सुचीकृत भएका छन् । त्यस्तै, १४ करोड ३९ लाख १६ हजार कित्ता बोनस शेयर, ५ करोड ६ लाख ३० हजार थप निष्काशन र ३ लाख बराबरको संस्थागत ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत भएका छन् ।