काठमाडौं । यामाहा नेपालले एमटी-१५ भर्सन २ चाहनेहरूलाई लक्षित गर्दै एक विशेष लिमिटेड टाइम अफर सार्वजनिक गरेको छ। अफर अनुसार नयाँ एमटी-१५ भर्सन २ को खरिदमा उपहारस्वरूप एक प्रिमियम राइडिङ ज्याकेट पाइने छ ।
जेठ १८ गतेदेखि सुरु भएको यो अफर नेपालभरिका सबै अधिकृत यामाहा शोरूमहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नगद वा सजिलो किस्ताबन्दी योजनामा बाइक किन्ने प्रत्येक नेपाली ग्राहकले ‘कवच’ ब्रान्डसँगको सहकार्यमा तयार गरिएको गुणस्तरीय र प्रिमियम राइडिङ ज्याकेट प्राप्त गर्नेछन् । अत्याधुनिक डिजाइन, टिकाउपन र सुरक्षालाई ध्यानमा राखेर निर्माण गरिएको यो ज्याकेट केवल फेसनका लागि मात्र नभई सुरक्षित र आत्मविश्वासका साथ यात्रा गर्नका लागि एक महत्वपूर्ण कदम हो।
यो अफर विशेष रूपमा एमटी-१५ भर्सन २ का निलो र सेतो रंगहरूमा मात्र लागू हुनेछ। यसबारे बोल्दै एमएडब्ल्यु राइड्सका कार्यकारी निर्देशक तथा सीईओ दीपक कुमार अग्रवालले एमटी-१५ भर्सन २ स्टाइल, पावर र प्रिसिजन प्रतीक भएके बताए ।
एमएडब्ल्यू राइड्स अन्तर्गत सञ्चालित यामाहा नेपाल नेपालकै भरोसायोग्य र उन्नत प्रविधियुक्त दुईपांग्रे ब्रान्ड हो । जापानी इन्जिनियरिङको उत्कृष्टता, भरपर्दो प्रदर्शन र प्रयोगकर्ता केन्द्रित इनोभेसनका आधारमा नेपालको मोटरसाइकल क्षेत्रलाई निरन्तर नेतृत्व गर्दै अगाडि बढाइरहेको छ।