काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्याण्डविरुद्ध नेपालले पहिले बलिङ गर्ने भएको छ ।
फोर्टहिलमा केही समयमा सुरु हुने खेलमा टस जितेर नेपालले पहिले बलिङ रोजेको हो ।
नेपालले यसअघि पनि लिग २ अन्तर्गत स्कटल्याण्डसँग खेलिसकेको छ । गत अक्टोबरमा अमेरिकामा भएको शृंखलामा नेपालले स्कटल्याण्डविरुद्ध एक खेल जितेको थियो भने अर्को खेल वर्षाका कारण सम्पन्न हुन सकेन ।
ओडिआई इतिहासमा नेपाल र स्कटल्याण्डबीच ८ खेल भइसकेका छन्, जसमा नेपालले ४ खेल जितेको छ भने स्कटल्याण्डले ३ जित निकालेको छ । एक खेल नतिजाविहीन रहेको छ । पछिल्ला चार खेलमा नेपाल अपराजित रहँदै ३ खेलमा विजयी भएको थियो ।