शीर्षकहरू

यातायातको वैकल्पिक साधन इनड्राइभ प्रयोग गर्न सुझाव

यातायातको वैकल्पिक साधन इनड्राइभ प्रयोग गर्न सुझाव

काठमाडौं । देशव्यापी अनिश्चितकालीन सार्वजनिक  सवारी साधन बन्दको अवस्थालाई मध्यनजर गर्दै इनड्राइभले आफ्ना प्रयोगकर्ताहरुलाई यातायातको वैकल्पिक र भरपर्दो सेवा  बनेको बताएको छ । सुलभ र सजिलो यातायात सुनिश्चित गर्ने हाम्रो प्रयासको मुख्य आधार हाम्रो बिडिङ (मोलमोलाई) मोडल रहेको कम्पनीको भनाइ छ ।

 इनड्राइभले प्रयोगकर्ता र चालकलाई नै पारदर्शी संवादमार्फत उनीहरू आँफैलाई भाडादर तय गर्ने अधिकार समेत रहेको कम्पनीको दावी छ। यात्रुहरुले आफूले जान चाहेको गन्तव्य राखेर प्रस्तावित भाडादर नजिक रहेका चालकहरूलाई पठाइन्छ, त्यसपछि ती चालकहरूले सो प्रस्ताव स्वीकार गर्न, नयाँ दर सुझाव गर्न वा राइड अस्वीकार गर्न पनि सक्छन्।

इनड्राइभको ‘ फेयर प्राईस’ मोडलले नेपालको राइड(हेलिङ क्षेत्रमा भाडाको असमानतालाई चुनौती दिइरहेको कम्पनीको भनाई छ । जसले यात्रुहरूलाई पारदर्शिता र निष्पक्षताको सिद्धान्तमा आधारित सेवा  उपलब्ध गराएको कम्पनीले जनाएको छ।

हालको यातायात बन्दको अवस्थामा पनि, प्लेटफर्ममा दशौं हजार चालकहरू रहेको कम्पनीेले जनाएको छ । जसले यात्रुहरूलाई सवारी सेवाको निरन्तरता सुनिश्चित गरिरहेका छन्। चालकहरूबाट अत्यन्त न्यूनतम कमिशन लिने नीतिमा विश्वास  र त्यसलाई व्यवहारमा पनि उतारिरहेका रहेको कम्पनीको भनाइ छ ।  चार(पाङ्ग्रे सवारी साधन (कार०)का चालकहरूलाई पिक(आवर (अत्यधिक व्यस्त समय) मा शून्य प्रतिशत कमिशन सुविधा उपलब्ध गराएको कम्पनीले जनाएको छ ।  यसले चालकहरूको आम्दानी बढाउनेछ भने यात्रुहरूलाई सहज रूपमा राइड पाउन सजिलो बनाउनेछ। साथै, मोटरसाइकल चालकहरूका लागि पनि हामीले विभिन्न बोनस योजना सञ्चालन गरिरहेका कम्पनीले विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।