काठमाडौं । सर्वसाधारण लगानीकर्ताका लागि जेठ १४ गतेदेखि बिक्री खुला गरेको ट्रेड टावर कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आवेदनकर्ताले आज बेलुका ५ बजे सम्म आवेदन दिन सक्नेछन । यसअघि छिटो अबधि जेठ १९ गते तोकिएकोमा आईतबार सावर्जनिक बिदा परेकाले कम्पनीले एक दिन थप गरी जेठ २० गते सम्मको अबधि कायम गरेको हो ।
कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार ७०० रुपैयाँको ४८.६९६ प्रतिशतका दरले ३९ करोड ७१ लाख ६९ हजार ३०० रुपैयाँ बराबरको ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्कासनकालागि नेपाल धितोपत्र बोर्डबाट अनुमती पाएको थियो ।
जसमध्ये पहिलो चरणमा १० प्रतिशतले हुनआउने वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९७ हजार १६९.३० कित्ता, सामूहिक लगानी कोषलाई १ लाख ९८ हजार ५८४ कित्ता र कम्पनीका कर्मचारीलाई ७९ हजार ४३३ कित्ता सेयर बिक्री गरि बाँडफाँट गरिसकेको छ ।