शीर्षकहरू

२९ सयले बढ्यो सुनको भाउ

२९ सयले बढ्यो सुनको भाउ

काठमाडौं । आज मंगलबार सुनको भाउ तोलाको २ हजार ९ सय रूपैयाँले वृद्धि भएको छ । हिजो सोमबार १ लाख ८९ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज तोलामा एक लाख ९२ हजार ७ सय रुपैयाँमा उक्लिएको छ । 

आज चाँदीको भाउ पनि वृद्धि भएको नेपाल नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य ५५ रूपैयाँले बढेर तोलाको २ हजार ४५ रुपैयाँ कायम भएको छ ।