काठमाडौं ।जापान र भारतका निर्माण कम्पनी नेपालमा कालोसूचीमा परेका छन् । भारतका एक र जापानको एक कम्पनीसहित नेपाली निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सोमबारको सार्वजनिक खरिद अनुगमन कार्यालयको बैठकले तीन कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको हो ।
कालोसूचीमा पर्नेमा जापानको मरुशिन शिताका कन्स्ट्रक्सन र भारतको पीएच-एसएमएनएस जेभी कालो सूचीमा परेको कार्यालयले जनाएको छ । त्यस्तै, नेपालको शंकरमाली निर्मान सेवा पनि कालो सूचीमा परेको छ । मरुशिन र पीएच(एसएमएनएसलाई दुई वर्ष र शंकरमालीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको कार्यालयले जनाएको छ ।