काठमाडौं । मारवाडी सेवा समिति अन्तर्गतको मारवाडी युवा मञ्चको आयोजनामा बजेट हाइलाइट्स, २०८२ कार्यक्रम सम्पन्न भएको छ । मारवाडी सेवा समितिको प्राङ्गणमा आइतबार कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सीए शेष मणी दाहालले आगामी बजेटका विषयमा प्रस्तुतीकरण दिएका थिए । बजेटको कुन कार्यक्रम कहिलेदेखि लागु हुन्छ ? सहुलियत के के छ ?, सहजता कहाँ कहाँबाट हुने भयो ? लगायतका विषयमा उनले प्रस्तुतीकरण दिएका थिए ।
यसैगरी, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेस अग्रवालले पनि बजेटका बारेमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा स्वागत मन्तव्य युवा मञ्चका अध्यक्ष प्रकाश केजरीवालले गरेका थिए भने कार्यक्रमको समापन मन्तव्य विशाल कुमार अग्रवालले राखेका थिए ।