शीर्षकहरू

प्रतिनिधिसभाको बैठक २ बजेलाई सारियो, गृहमन्त्रीलाई सदनमा बोल्न दिन विपक्षी दल तयार

प्रतिनिधिसभाको बैठक २ बजेलाई सारियो, गृहमन्त्रीलाई सदनमा बोल्न दिन विपक्षी दल तयार

काठमाडौं । प्रतिनिधिसभाको बैठक दिउँसो २ बजेलाई सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक २ बजेलाई सारिएको हो । सभामुख र दलका प्रमुख सचेतकहरूको बैठक सकारात्मक रूपमा टुंगिएपछि बैठक केहीबेर धकेलिएको हो ।

सदनको अवरोध हटाउने सहमति खोज्न भएको छलफलमा विपक्षी दलहरू गृहमन्त्री रमेश लेखकलाई बोल्न दिन तयार भएका छन् । विपक्षी दलहरुले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आइरहेका छन् । 

गृहमन्त्रीको जवाफमा चित्त बुझे दलीय आधारमा बोल्ने र बैठक अघि बढाउनेगरी सहमति बनेपछि अहिले विपक्षी दलहरू आन्तरिक छलफलमा जुटेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएर विपक्षी दलले निरन्तर सदन अवरोध गर्दै आएका थिए । सँगै उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने उनीहरूको शर्त थियो । 

यसअघि गृहमन्त्रीलाई बोल्न नदिएका विपक्षीहरू आफ्नो अडानमा ब्याक सर्दै आजको बैठकमा बोल्न दिन तयार भएका हुन् ।