शीर्षकहरू

‘सार्वजनिक गाडीले कोच्ने, राइड सेयरिङहरुले लुट्ने काम गरिरहेका छन्’

‘सार्वजनिक गाडीले कोच्ने, राइड सेयरिङहरुले लुट्ने काम गरिरहेका छन्’

काठमाडौं । यातायात व्यवसायीले राइड सेयरिङलाई सरकारले कानुनी मान्यता दिएको विरोधमा सोमबारदेखि अनिश्चितकालीन यातायात बन्द गरेपछि सर्वसाधरणको जीवन अस्तव्यत बनेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा भएको बन्दका कारण काठमाडौं उपत्यकासहित देशभर सार्वजनिक यातायात चलेका छैनन् । जसकारण सर्वसाधरणले सास्ती व्यहोर्नु परेको हो।

यातायात व्यवसायीहरूको आकस्मिक बन्दका कारण बिरामी, काममा जाने कर्मचारी, विद्यार्थी र दैनिक मजदुरीमा निर्भर सर्वसाधारण समेत प्रभावित भएका छन्  ।

काठमाडौंको बालाजुदेखि बबरमहलसम्म पैदल यात्रा गर्दै ववरमहल आइपुगेका पदमराज जोशीले यातायात बन्दले सर्वसाधारणहरुको विचल्ली भइरहेको दुःखेसो गरे ।  ‘२१ औँ शताब्दीमा भौतिक पूर्वाधार बन्द गर्नु राज्य र व्यवसायी दुवैको हो । दुइ तिहाइको सरकार भन्ने तर यातायात व्यवसायीसँग झुक्ने ?,’ उनको प्रश्न थियो।

जनतालाई साथ दिनुपर्ने अवस्थामा राइड सेयरिङ गर्नेहरुले चर्को भाडा अशुल्नु गलत रहेको भन्दै नीजि सवारी साधनमा यात्रु राख्ने कुरामा व्यवसायीले हस्तक्षेप गर्न नहुने बताए।

बबरमहलदेखि भक्तपुर जान हिडेकी क्रिस्टिना मिश्रले सरकार र व्यवसायीका बिच कुरा नमिल्दा सधैं जनताले सास्ती खेपिरहेको बताइन् । उनले यातायात बन्दका कारण सधैंजसो दुईसय रुपैंयाँ तिरेर हिड्ने गरेको तर सोही दूरीमा यात्रा गर्दा हाल चारसय रुपैंयाँ तिर्न परेको दुखेसो पोखिन् ।

सार्वजनिक यातायातले पनि मनलाग्दी भाडा लिनुका साथै मान्छे धेरै कोचेर हिड्दा धेरै चोरी डकैती वा पकेटमारको समस्या हुने गरेको सुनाइन् । घट्टेकुलोदेखि रत्नपार्क जाँदै गरेका अर्का पैदल यात्रु चेतनाथ पौडेलले यातायात बन्दले सर्वसाधरण अर्थात गरिखाने वर्गलाई असर गरिरहेको बताए ।

उनले ‘यातायात बन्दले सर्वसाधरण अर्थात गरिखाने वर्गलाई नै असर गरिरहेको छ । अझै कतिदिन यस्तो बन्द चल्ने हो थाहा छैन् । राइड गर्नेहरुको पनि नियत ठिक हुनपर्छ । नियत ठिक छ भने जतिसुकै राइड भएपनि फरक पर्दैन् । नियत नै ठिक छैन भने जे गर्दा नि कठिन हुन्छ । सार्वजनिक यातायातले पनि समयमै पुग्नपर्ने स्थानमा पु¥याईदिए सजिलो हुनेछ ।’

शोभा भगवतीबाट बबरमहल आएकी जसता खतिवडाले बन्दले १५ मिनेटमा पुग्न सकिने ठाउँमा एक घन्टा पैदल हिडेर आउनु परेको दुखेसो गरिन् ।

‘यातायात बन्दले गाडीमा १५ मिनेटमा पुग्ने स्थानमा हिडेर एक घन्टा भन्दा बढी लाग्यो ।  राइड सेयरिङमा पनि पैसा धेरै लिन्छ । सर्वसाधारणलाई कष्ट पर्दा धेरै शुल्क उठाउनु राम्रो होइन । सार्वजनिक यातायातहरुले पनि मनलाग्दी गर्ने, धेरैबेर रोक्ने गरेका छन्,’ उनले दुखेसो सुनाउँदै भनिन् ।

यातायात बन्दका कारण हुनेखाने भन्दापनि गरिखाने वर्गले सास्ती व्यहोरिरहेको पैदल यात्रु रश्मी रिजालको गुनासो छ । सरकारी जागिर हुनेहरुलाइई बन्द भएपनि सहज भएको तर नीजि कम्पनीमा जागिर खानेहरुलाई गा¥हो भइरहेको बताइन् ।

बन्दको मौकामा राइड सेयरिङवालाहरुले चर्को शूल्क असुल्ने गरेको भएपनि पैसा हुनेहरु चढेर हुइँरहेको बताउँदै गरिखाने वर्गहरु समस्या परेको बताइन् ।

काठमाडौंकै गोलढुंगादेखि बबरमहल आएका रनपान पाण्डेले बन्दले गर्दा सबैखाले वर्गले दुःख पाएको बताए । छोटो दुरीमा पैदल यात्रा गर्न सकेपनि लामो दूरीको यात्रा गर्न कठिन हुने गरेको बताए ।  उनले पशुपति शर्माको गीतलाई सम्झदै देशलाई जनता र नेताले नै लुटिरहेको गुनासो गरे ।

‘बन्दले गर्दा छोटो दुरीमा त हिड्न त सकिन्छ तर लामो दूरीको यात्रामा सर्वसाधरणले  दुःख पाइरहेका छन् । नेपालमा पठाओवालाहरुले पनि पशुपति शर्माको गीतले भनेजस्तै लुट्न सके लुट कान्छा जस्तै गरिरहेका छन् ।’ रस्मिता गिरी / नेपाल न्यूज बैकं