शीर्षकहरू

कजारियाको नयाँ शोरूम भैंसेपाटीमा खुल्यो

कजारियाको नयाँ शोरूम भैंसेपाटीमा खुल्यो

भैंसेपाटी । कजारियाले नेपालमा आफ्नो उपस्थिति अझ मजबुत बनाउँदै ललितपुरको भैंसेपाटीमा अत्याधुनिक शोरूम उद्घाटन गरेको छ। क्लासिक मार्बल प्रालिद्वारा सञ्चालित यस शोरूमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

उद्घाटन समारोहमा प्रमुख अतिथिको रूपमा ललितपुर महानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दामोदर खड्काको उपस्थिति रहेको थियो। साथै, कजारिया रमेश टाइल्स लिमिटेडका राष्ट्रिय सेल्स प्रबन्धक अभ्यास भुषण तिवारीको पनि उपस्थिति रहेको थियो । यस अवसरलाई विशेष बनाउन, प्रमुख अतिथिले रिबन काटेर यस महत्वपूर्ण विस्तारको शुभारम्भ गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दामोदर खड्काले नयाँ शोरूमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे। उनले भने, “भैंसेपाटीमा कजारियाको यस नयाँ शोरूमको उद्घाटन क्षेत्रीय विकासतर्फको एक महत्वपूर्ण कदम हो। यस रणनीतिक विस्तारले स्थानीय व्यापारिक अवसरहरू बढाउनुका साथै हाम्रा आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूलाई अब उत्कृष्ट गुणस्तरका विश्वस्तरीय टायलहरू आफ्नै शहरमा सहज रूपमा उपलब्ध गराउनेछ।”   


कजारिया रामेश टाइल्स लिमिटेडले नेपालकै सबैभन्दा ठूलो टाइल उत्पादन प्लान्ट स्थापना गरेर नेपालको टायल उद्योगमा नयाँ कीर्तिमान स्थापित गरेको छ। विश्वस्तरीय मापदण्ड अनुसार तयार गरि अत्याधुनिक प्रविधिद्वारा निर्मित काजारिया रामेश टाइल्स लिमिटेडले आधुनिक सजावटका बदलिँदो रुचिहरूलाई ध्यानमा राख्दै ३,००० भन्दा बढी विशेष डिजाइन विकल्पहरू रहेको कम्पनीको भनाइ छ । नेपालभर ४० भन्दा बढी एक्सक्लुसिभ शोरूमहरू र १०० भन्दा बढी भरपर्दो डिलरहरूको बढ्दो नेटवर्क रहेको कम्पनीको दावी छ ।