शीर्षकहरू

यातायात हडतालका कार्यक्रम फिर्ता लिने निर्णय

यातायात हडतालका कार्यक्रम फिर्ता लिने निर्णय

काठमाडौं । यातायात व्यवसायीले केन्द्रीय सरकार र प्रदेश सरकारलाई घुँडा टेकाएका छन् । सोमबार भएको बर्तामा केन्द्रले गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गर्ने, मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई पत्राचार गर्ने, प्रधानमन्त्री कार्यालयले गण्डकी प्रदेश सरकारलाई पत्राचार गर्ने र गण्डकी प्रदेश सरकारले नियमावली स्थगन गर्ने सहमति भएको थियो । 

गण्डकी सरकारले एक महिनाका लागि राइड शेयरिङसम्बन्धी नियमावली स्थगन गर्ने औपचारिकरूपमा घोषणा गरेपछि व्यवसायीहरु यातायात बन्द फिर्ता लिन तयार भएका हुन । दुई दिनदेखि जारी देशव्यापी हडताल फिर्ता आजैदेखि फिर्ता भएको छ ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावलीलाई एक महिनाको लागि स्थगित गरेसँगै यातायात व्यवसायी आन्तरिक छलफलमा जुटेका थिए । बैठकले हालका लागि यातायात हडतालका कार्यक्रम फिर्ता लिने निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।