काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको करसहित १० प्रतिशत नगद लाभांश, ५ प्रतिशत बोनस शेयर र ०.७८९४७३ प्रतिशत नगद लाभांश प्रस्ताव गेको छ । कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि जेठ २२ गते एक दिन बुक क्लोजको मिति तय गरेको छ ।
त्यसैले आजसम्म कायम रहने शेयरधनीले प्रस्तावित लाभांश पाउनुका साथै कम्पनीको सभामा पनि भाग लिन पाउनेछन् । कम्पनीले असार ५ गतेका लागि साधारणसभा आह्वान गरेको छ ।