काठमाडौं । आज बुधबार सुनचाँदीको भाउ वृद्धि भएको छ । आज सुनको भाउ तोलामा ५ सय रूपैयाँले बढेर एक लाख ९३ हजार २ सय रुपैयाँ कायम भएको छ ।
हिजो प्रतितोला सुनको भाउ एक लाख ९२ हजार ७ सय रुपैयाँ थियो ।
आज चाँदीको भाउ तोलाको ३० रूपैयाँले वृद्धि भएर २ हजार ७५ रुपैयाँ पुगेको छ ।