शीर्षकहरू

‘टेक एण्ड पे’ को विषय कहाँबाट आयो उर्जामन्त्री नै छक्क परे

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले टेक एण्ड पेको विषय कहाँबाट आयो आफूलाई थाहा नभएको बताए । बुधबार अपि पावर लिमिटेडको सहायक कम्पनी दार्चूला पावर कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको मध्य चमेलिया (२८.३ मेवा) जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन समारोहमा बोल्दै यस्तो बताएका हुन ।

उनले भने, ‘सरकार निजी क्षेत्रलाई सधै सँगै लैजना पक्षमा छ बैँक तथा वित्तिय संस्थाले ‘टेक एण्ड पे’ को विषयलाई लिएर जलविद्युत क्षेत्रमा लगानी नगर्नुपर्ने कुनै कारण छैन।’

“वजेटमा ‘टेक एण्ड पे’ को शब्दले प्रवेश पाएपछि वित्तिय व्यवस्थापन कसरी होला भन्ने चिन्ता लिएका होला, नआत्तिकन लगानी गर्नुहोस्, उक्त प्रस्ताव उर्जा मन्त्रालयको होइन, सो प्रस्तावलाई संशोधन गर्न अर्थ मन्त्रालयसँग छलफल भइरहेको छ,”– मन्त्री खड्काले भने ।

उर्जामन्त्री खड्काले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य लिएको भन्दै उक्त लक्ष्यलाई पुरा गर्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । “उत्पादन गर्नुपर्ने स्रोत हामीसँग छ, बजार हामीसँग छ, लगानी किन नगर्ने,”– उनले भने ।

उनले छिमेकी मुलुक भारतसँगै नेपालले पहिलोपटक भारतीय प्रसारण लाइन हुँदै बङ्गलादेशलाई ४० मेगावाट विद्युत निर्यात थालनी गरेको भन्दै आगामी दिनमा यसलाई झन् बढाउन सकिने बताए । भारतसँग छलफल गरेर बङ्गलादेशको प्रसारण लाईनपनि विस्तार गर्नेगरी सरकार लागिरहेको उनको भनाई थियो ।

उर्जामन्त्री खड्काले निजी क्षेत्रलाई सँगै साथमा लिएर हिँड्नेगरी आगामी एक महिनाभित्र विद्युत ऐन ल्याउने तयारीका साथ सरकारले काम गरिरहेको बताए। उर्जा क्षेत्रमा बाधक रहेका कानून र सोचलाई परिवर्तन गर्दै सरकार अगाडि बढ्न चाहेको उनको भनाई थियो ।

null

दार्चुलाका प्रतिनिधीसभा सदस्य एवम् पूर्वमन्त्री दिलेन्द्रप्रसाद वडूले आयोजना निर्माणसँगै सिङ्गो मुलुक र दार्चुलावासीले लाभ पाउने विश्वास व्यक्त गरे । उनले निजी क्षेत्रलाई प्रसारण लाईन निर्माणमा ल्याउन सके उत्पादित विद्युत खेर नजाने बताए । उनले आगामी दिनमा पनि दार्चुलामा लगानी गर्न लगानीकर्तालाई आग्रह गरे ।

नेपाल बैँकको अगुवाईमा निर्माण हुन लागेको उक्त आयोजनामा नविल बैँकले पनि लगानी गर्ने प्रतिवद्धता जनाएको छ । पाँच अर्ब ६६ करोड रुपैयाँ लगानीमा निर्माण हुन लागेको उक्त आयोजना आगामी  डेढ वर्षभित्र सम्पन्न गर्ने कम्पनीका अध्यक्ष सञ्जीव न्यौपानेले जानकारी दिए । उक्त कार्यक्रममा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक पाण्डे र नबिल बैंकका कामु कार्यकारी अधिकृत मनोज ज्ञावलीले वित्तीय व्यवस्थापकको पक्षबाट हस्ताक्षर गरेका थिए  ।