शीर्षकहरू

नेपालले नेदरल्याण्डलाई हरायो

नेपालले नेदरल्याण्डलाई हरायो

काठमाडौं । आईसीसी विश्वकप लिग टु मा नेपालले नेदरल्याण्डलाई ५ विकेटले हराएको छ । स्कटल्यान्डको डन्डीमा नेपाल र नेदरल्याण्डबीच भएको खेलमा नेदरल्याण्डले २२६ रनको लक्ष्य दिएको थियो। २२५ रन जोड्दा  नेदरल्याण्डले ४९.१ ओभरमा सबै विकेट गुमाएको थियो ।

नेपालले निर्धारित लक्ष्य ५ विकेट बाँकी छदै ४७.१ ओभरमा नै खेल सकेका थियो ।  लिग २ मा अमेरिका र नेदरल्यान्ड्स शीर्ष  टोली हुन्।  त्यही नेदरल्यान्ड्ससँग नेपालले दोस्रो खेल खेल्नेछ।​ 

नेदरल्यान्ड्सको यस सिरिजको पहिलो खेल हो।  नेपालले गत वर्ष घरेलु मैदानमा लिग २ को सुरुआत गर्दा १ खेलमा जित हात पारेको थियो भने अर्को खेलमा पराजित भएको थियो।

नेपालले अस्ट्रेलियाका स्टुवार्ट लको प्रशिक्षणमा पहिलो आधिकारिक खेलमा सनसनीपूर्ण जित हात पारेको छ। गत सोमबार भएको खेलमा नेपालले स्कटल्याण्डलाई उसकै मैदानमा  हरायो।