शीर्षकहरू

निफ्राको ऋणपत्रमा आवेदन दिने अवधि फेरि थपियो

निफ्राको ऋणपत्रमा आवेदन दिने अवधि फेरि थपियो

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)ले निष्काशन गरेको ऋणपत्रमा आवेदन दिने अवधि फेरी थप भएको छ । बैंकले जेठ १८ गतेदेखि ऋणपत्र बिक्री खुला गरेकोमा सो दिन सार्वजनिक विदा परेकोले आवेदन दिने म्याद एक दिन थप गरि जेठ २२ गतेसम्म कायम गरेकाे थियाे।

२२ गतेसम्म सबै ऋणपत्र बिक्री नभएपछि बैंकले फेरि अवधि थप गरेको हो । अब, जेठ २५ गतेसम्म उक्त ऋणपत्रमा आवेदन दिन सकिने छ । सुरुमा जेठ २१ गतेलाई आवेदन दिने अन्तिम दिन तोकिएको थियो । त्यसपछि जेठ २२ गतेसम्मका लागि अवधि थपिएको थियो । 

बैंकले बैंकले एक हजार रुपैयाँ दरका ५० लाख इकाई अर्थात् ५ अर्बको ऋणपत्र निष्काशन गरेको हो । जस मध्ये ६० प्रतिशत अर्थात् ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री हुने छ भने १ लाख कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँडफाँड गरिएको छ।


बाँकी रहेको १९ लाख कित्ता सर्वसाधारणलाई खुला गरिएको बैंकले जनाएको छ । ऋणपत्रमा न्युनतम २५ कित्ता र अधिकतम १० लाख कित्ताको लागि आवेदन दिन सकिने छ।

बैंकलाई नेपाल धितोपत्र बोर्डले वैशाख ३० गते  बैंकलाई ऋणपत्र निष्काशनको अनुमति दिएको थियो। यो ७ वर्ष अवधिको निफ्रा उर्जा ऋणपत्र हो ।

यस ऋणपत्रमा बैंकले वार्षिक ६ प्रतिशत ब्याज दिने छ। ऋणपत्रबाट संकलित पुँजी पर्यावरण मैत्री परियोजना संचालनका साथै दिगो विकासका कार्यमा लगानी गरी जलवायु परिवर्तनको प्रतिकूल प्रभावको न्यूनिकरणमा सहयोग पुर्याउने परियोजनामा परिचालन गर्ने गरी उक्त अनुमति प्रदान गरिएको धितोपत्र बोर्डले जनाएको छ।