शीर्षकहरू

माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बन

माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बन

काठमाडौं । विशेष अदालतमा मुद्दा दायर भएसँगै नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको सांसद पद स्वतः निलम्बनमा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेसँगै उनको सांसद पद निलम्बनमा परेको हो । 

पतञ्जली योगपीठ तथा आयुर्वेद कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गा अपचलन गरेको अभियोगमा आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनी रौतहट-१ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्।  

भ्रष्टाचार निवारण ऐन, २०५८ मा भएको व्यवस्था अनुसार सार्वजनिक पदमा भएको व्यक्ति विरुद्ध मुद्दा दर्ता भएमा स्वतः निलम्बन पर्ने व्यवस्था छ।