शीर्षकहरू

सामूहिक लगानी कोष प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमको विक्री खुला

सामूहिक लगानी कोष प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमको विक्री खुला

काठमाडौं । प्रभु क्यापिटलले आज (जेठ २३ गते) देखि सामूहिक लगानी कोष प्रभु सिस्टमेटिक इन्भेष्टमेण्ट स्किमको इकाई सार्वजनिक निष्काशनमा तथा बिक्री खुला गेको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा २५ करोड रुपैयाँ बराबरको २ करोड ५० लाख इकाई बिक्रीमा ल्याएको हो। प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो स्किम खुलामुखी प्रकृतिको स्किम हो।

यसको कुल आकार ४ करोड इकाई र ७.५ प्रतिशत (३० लाख इकाई) कोष प्रबर्धक प्रभु बैंक र ७.५ प्रतिशत (३० लाख इकाई) योजना व्यवस्थापक प्रभु क्यापिटललाई सुरक्षित गरिएको छ। सर्वसाधारणले २ करोड ५० लाख कित्ता इकाईका लागि आवेदन दिन सक्नेछन्।