शीर्षकहरू

सानिमा बैंकका ग्राहकहरुलाई सफायर एस्थेटिक्समा विशेष छुट

सानिमा बैंकका ग्राहकहरुलाई सफायर एस्थेटिक्समा विशेष छुट

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सफायर एस्थेटिक्समा कुपोन्डोल, ललितपुरमा विशेष छुटको व्यवस्था गरेको छ ।

सानिमा बैंकका ग्राहकहरुले सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग क्यूआर स्क्यान प्रयोग गरी डिजिटल भुक्तानी गर्दा सफायर एस्थेटिक्सका सेवाहरुमा १५ प्रतिशत छुट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।  सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटिएम संजालहरु संचालनमा रहेका छन् ।