शीर्षकहरू

आजको मौसम : यी ३ प्रदेशका केही स्थानमा वर्षा हुने

आजको मौसम : यी ३ प्रदेशका केही स्थानमा वर्षा हुने

काठमाडौं । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशीका अधिकांश भू-भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो, कोशी प्रदेश लगायत देशको पहाडी भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मुख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका  एक/दुई स्थानमा  हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

आज राती भने कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ । 

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका  एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।