काठमाडौं । सान्भी इनर्जी लिमिटेडको आईपीओ बाँडफाँड मिति तय भएको छ । जेठ २६ गते सोमबार दिउँसो ३ बजे शेयर बाँडफाँड गर्ने तयारी रहेको बिक्री प्रवन्धक एसबीआई मर्चेन्ट बैंकिङले जानकारी दिएको छ ।
कम्पनीले जेठ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरमा २४ करोड १५ लाख ३० हजार रुपैयाँ बराबरको २४ लाख १५ हजार ३०० कित्ता शेयर निष्काशन गरेको हो ।
कम्पनीले यसअघि जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशतले हुने ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ लाख ८० हजार कित्ता आईपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिसकेको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि २ लाख ९१ हजार कित्ता आइपीओ निष्कासन गरिसकेको छ ।