शीर्षकहरू

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाले मेला आयोजनामा सहकार्य गर्ने

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाले मेला आयोजनामा सहकार्य गर्ने

काठमाडौं । एमएडब्लू इन्टरप्राइजेज प्रालि र काठमाडौं महानगरपालिका (केएमसी) बीच एक औपचारिक सम्झौता सम्पन्न भएको छ । जस अनुसार दुवै पक्ष मिलेर काठमाडौंको टुँडिखेलमा जनशक्तीको निर्माण र विकासमा केन्द्रित (एसइइपी) मेला आयोजना गर्ने उल्लेख छ । यो सहकार्यको मुख्य उद्देश्य सीपमूलक व्यवसायिक तालिमको प्रबर्धन गर्दै रोजगारीको अवसर सृजना गर्नु हो।

जेठ ७ बाट सुरु भइसकेको (एसइइपी) मेलाले हाल १० वटा प्रमुख क्षेत्रअन्तर्गत ३७ प्रकारका पेशागत सीप सम्बन्धी तालिमहरू दिइरहेको छ। यसले युवाहरुलाई गुणस्तरीय रोजगारीतर्फ उन्मुख गराउने गरी व्यवहारिक तालिममार्फत आवश्यक ज्ञान र सीप सिकाउने अवसर सिर्जना गरिरहेको छ। साथै, यसले उद्योगहरूलाई आवश्यक जनशक्ति भित्र्याउने क्षमता बढाउन पनि मद्दत पुर्‍याउने छ।

यो साझेदारीले दुवै पक्षको आपसी सम्बन्ध र दिगो विकास लक्ष्य ९क्म्न्क० प्रतिको प्रतिवद्धता देखाउँछ, विशेष गरी मर्यादित रोजगारी र आर्थिक वृद्धि सम्बन्धी लक्ष्यप्रति। एसइइपी मेलाले नेपालमा आत्मनिर्भर र दक्ष जनशक्ति तयार पार्नका लागि विभिन्न सीप विकास कार्यक्रम र श्रम बजारको वास्तविक आवश्यकताबीचको दूरी घटाउने लक्ष्य लिएको छ।

सम्झौता पत्रमा हस्ताक्षरको कार्यक्रम फेयर म्यानेजमेन्ट कमिटीको तर्फबाट गतिशील अभियान नेपालको संयोजनमा सम्पन्न भएको थियो। आयोजकको तर्फबाट रामजी पौडेलले हस्ताक्षर गरे ।  एमएडब्लू इन्टरप्राइजेजका तर्फबाट एमएडब्लू अर्थमुभर्स प्रा लि का सीईओ तेजप्रसाद सुवेदी र एमएडब्लू स्किल्स एकेडेमी प्रा लिका सीईओ महेश बिष्टले संयुक्त रूपमा सम्झौतापत्रमा हस्ताक्षर आदानप्रदान गरेका थिए । 

(एसइइपी) मेला प्रशिक्षण प्रदायक, रोजगारदाता र काम खोज्नेहरूलाई जोड्ने एउटा महत्वपूर्ण प्लेटफर्म बन्ने अपेक्षा गरिएको छ। मेलाले सबै पक्षलाई एउटै थलोमा ल्याएर काठमाडौं महानगरपालिकाको लक्ष्यअनुसार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारको आवश्यकता पूरा गर्न सक्षम र आत्मनिर्भर श्रमशक्ति निर्माणमा टेवा पुर्‍याउनेछ।

यस सहकार्यबाट एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरपालिकाले सार्वजनिक(निजी साझेदारीलाई सशक्त बनाउने, बेरोजगारी घटाउने र नेपालभित्रै जीवनस्तर सुधार गर्ने लक्ष्य लिएका छन्।