काठमाडौं । हिमालयन बैंकले आफ्ना शाखा सञ्जालहरुमध्ये न्यूरोड शाखा – २ लाई स्थानान्तरण गरेको छ । बैंकले काठमाडौं महानगरपालिका वडा नं २७, ठमेल, काठमाडौं स्थित संचय कोष भवनबाट आइतबारदेखि ठमेल शाखा नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी संचालनमा ल्याएको हो ।
उक्त शाखाको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणाले स्थानान्तरण गरेका हुन । हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु रहेका छन् भने, २० विस्तारित काउन्टर, २८६ एटीएम, ८,००० भन्दा बढी पीओएस टर्मीनल र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।