काठमाडौं । नेपाल राष्ट्र बैंकले समाज लघुवित्त वित्तीय संस्था र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाबीच मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । केन्द्रीय बैंकले उक्त दुई संस्थाबीच एक आपसमा गाभ्ने/गाभिने प्रयोजनका लागि जेठ २२ गते सैद्धान्तिक सहमति दिएको हो ।
उक्त दुई संस्थाबीच गत फागुन १७ गते एक आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो ।