काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक (एमडी) संगीता पहाडीसहित १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भारसम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियारले उनीहरु जनाविरुद्ध आइतबार मुद्दा दायर गरेको हो । अख्तियारले निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलसमेतलाई प्रतिवादी बनाएको छ ।
पौडेल भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दामा निलम्बन भएपछि २०८१ भदौमा पहाडीलाई सरकारले टेलिकमको प्रबन्ध निर्देशक नियुक्त गरेको थियो ।
खख्तियारले ३३ करोड ४८ लाख १७ हजार ४३० रुपैयाँ विगो माग दाबी मुद्दा दर्ता गराएको हो ।